Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी


  • 2.3K
    Shares

    अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

    नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

    अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो।

    गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए।

    बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका ९ का हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।

    नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

    यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - ०७:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij