Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, को-कोबीच हुँदैछ प्रतिस्पर्धा ?

अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, को-कोबीच हुँदैछ प्रतिस्पर्धा ?


  • 1.7K
    Shares

    अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, को-कोबीच हुँदैछ प्रतिस्पर्धा  ?
    images

    नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनको लागि निर्वाचन शुरु भएको छ । नेतृत्वका लागि सहमति जुटाउने प्रयास विफल भएपछि चुनावबाट नेतृत्व चयन हुन लागेको हो ।

    केही पदमा सहमति जुटे पनि अध्यक्षसहित पदमा पनि निर्वाचन शुरु भएको हो । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    त्यस्तै अध्यक्षका लागि अन्य २ उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । उपाध्यक्षहरू मोती विक र लोकेश निरौला पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । अध्यक्षमा उम्मेदवारी दिए पनि वाङछु योञ्जनले बडाललाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । अनेरास्ववियुमा १७ पदाधिकारीसहित १९९ केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् । 

    १७ पदाधिकारीमा अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव र एक कोषाध्यक्ष छन् । ४ उपाध्यक्षका लागि १६ जना, एक जना महासचिवको लागि ५ जना र १० सचिवका लागि ६१ जना, १ कोषाध्यक्षका लागि ४ जना प्रतिस्पर्धामा छन् ।

    हरेक २ वर्षमा हुनुपर्ने अखिलको महाधिवेशन ७ वर्षमा हुँदै छ। यो २३ औं महाधिवेशन फागुन २ देखि शुरू भएको हो। 

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १७:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij