२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उडेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । उनले भने, उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ ।’ उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुने भट्टराईको भनाइ छ ।
केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ । खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij