Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

संसदलाई ‘बिजनेश’ नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले गरे सरकारको आलोचना

संसदलाई ‘बिजनेश’ नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले गरे सरकारको आलोचना


  • 2.0K
    Shares

    संसदलाई ‘बिजनेश’ नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले गरे सरकारको आलोचना
    images

    राष्ट्रियसभा सांसदहरूले संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन्। सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाए।

    बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

    उनले भने, ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन्। दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि। बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ। मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ। संघीयता हामीले ल्यायौँ। समितिहरू धेरै भए।’

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘बिजनेस’नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन्।

    उनले निजामती कर्मचारी ऐन कहाँ छ? भनी सरकारलाई प्रश्नसमेत गरिन्। उनले भनिन्, ‘निजामती ऐन कता लुगेको छ? अहिलेको यो सरकारले संसदलाई बिजनेस नै दिएन। ऐन भटाभट आउनु पर्‍याे संसदमा। समिति बस्छन्। त्यस विषयमा छलफल गर्छन्। ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन्।’

    सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरिन्।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १६:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij