Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

२ महिना अघि भरिएको थियो सांसद भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर

२ महिना अघि भरिएको थियो सांसद भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर


  • 1.7K
    Shares

    २ महिना अघि भरिएको थियो सांसद भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर
    images

    काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर दुई महिना अघि भरिएको (रिफिल) खुलेको छ । राजधानी नामक कम्पनीको उक्त ग्याँस भण्डारीले दुई महिना अघि नजिकैको लुम्बनी मार्टबाट साटेका थिए ।

    भण्डारीको घरमा ग्यास पुर्‍याउने लुम्बिनी मार्टका सञ्चालक लक्षमण भण्डारी थिए । उनले बुद्धनगरमा ग्याँसको व्यापार गरेको १५ वर्ष भएको दाबी गरे ।

    ‘जाडोमा दुई तीन वटा सिलिण्डर लैजानु हुन्थ्यो । अहिले गर्मी लागेपछि अलि कम मात्रामा लैजानु भएको थियो,’ व्यववसायी भण्डारीले भने, ‘तर उहाँको घरमा दुई वटा ग्याँसको सिलिण्डर भएको हुनुपर्छ ।’

    उनका अनुसार दुर्घटनामा परेका सांसद भण्डारी उनी नाताले गाउँले दाजुभाइ हुन् । श्यामले आफूले १५ वर्षसम्म गरेको व्यापारमा आफ्नो ग्याँसमा कुनै समस्या नरहेको दाबी गरे । ‘ग्याँस बिस्फोट भएको होइन, यो लिकेज हो,’ उनले दाबी गर्दै भने, ‘सिलिण्डर सग्लो छ, पाइप र रेगुलेटरसमेत केही भएको छैन । ग्याँस पड्केको भए घर ध्वस्त हुनेथियो ।’

    उनले दुर्घटनाको कारण सिलिण्डर नभइ पाइप, रेगुलेटर वा मानवीय हेलचेक्रयाईं भएको हुनसक्ने दाबी गरे ।दुर्घटनामा परेको ग्याँसको सिलिण्डर, रेगुलेटर र पाइप प्रहरी वृत्त बानेश्वरले अनुसन्धानका लागि भन्दै राखेको छ ।

    घटनास्थल हेर्दा सांसद भण्डारी र उनको आमाबाहेक घरका अन्य कुनै पनि संरचनामा आगो लागेको छैन भने धुवाँको कालो समेत भान्सामा देखिंदैन । भान्सा छिर्ने काठाको ढोका चिरिएको छ भने भान्सा सामुन्नेको आमा सुत्ने कोठाको झ्याल र प्यासेजमा रहेको बत्तीका सिसा समेत फुटेको छ ।

    यस्तै भान्सा नजिकै बाहिरपट्टीको सानो स्टोरको छाना उडेको छ भने ढोका पनि चर्केको छ । भण्डारीकी भाइ-बुहारी र छिमेकी भरत घिमिरेकाअनुसार ग्याँसको, सिलिण्डरबाट रेगुलेटर छुट्टिएको थिएन भने चुल्हो र ग्याँसको पाइप पनि सामान्य अवस्थामै थियो ।

    सांसद भण्डारीको भान्सामा प्रयोग भएको राजधानी ग्याँसको रिफिलिङ उद्योग धादिङको धार्केमा छ । ग्याँस कम्पनीका सञ्चालक नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्षसमेत रहेका व्यवसायी कुश मल्ली हुन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १६:१८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij