२०८२ मंसिर ५ गते शुक्रवार
सिभिल बैंक लिमिटेडले नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ ।हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने निर्णय भएको संगै बैंकले कारोबार रोक्का गरिदिन नेप्सेसम्क्ष अनुरोध गरेको हो ।
सिभिल र हिमालयन बैंक एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाबमोजिम एकीकृत कारोबारपछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गतेसम्मको लागि शेयर कारोबार रोक्का गरिदिन सिभिल बैंकले नेप्सेसमक्ष अनुरोध गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij