Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह

माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह


  • 1.8K
    Shares

    • images
    माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह
    images

    काठमाडौँ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदैगर्दा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो । 

    यद्यपि, माघको पहिलो हप्ता नै ८ अर्ब रुपैयाँले निक्षेप घटेर बैंकहरुको निक्षेप ४७ खर्ब ८ अर्ब रुपैयाँमा झरेकोमा पुन दोस्रो, तेस्रो र चौथो हप्तामा क्रमशः १२ अर्ब, ३ अर्ब र ४ अर्ब रुपैयाँले बढ्दै ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो । 

    महिनाको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्ब रुपैयाँले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाा पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

    तथापि, समीक्षा अवधिमा यता कर्जातर्फ भने बैंकहरुको खासै लगानी बढ्न सकेको छैन। महिनाभरीमा २५ अर्ब रुपैयाँमाथिको निक्षेप संकलन गर्दैगर्दा यता कर्जा भने बैंकहरुले झण्डै आधा परिणाममा मात्र लगानी गरेका छन् । 

    संघका अनुसार अघिल्लो पुस मसान्तको तुलनामा बैंकहरुले माघ मसान्तसम्म जम्मा १२ अर्ब रुपैयाँले मात्र कर्जा बढाउँदै ४२ खर्ब ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो पुस मसान्तमा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १४:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij