Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

ढोरपाटनमा नाउर र झारलको सिकार खुल्यो, कस-कसले खेल्न पाउँछ सिकार ?

ढोरपाटनमा नाउर र झारलको सिकार खुल्यो, कस-कसले खेल्न पाउँछ सिकार ?


  • 1.2K
    Shares

    ढोरपाटनमा नाउर र झारलको सिकार खुल्यो, कस-कसले खेल्न पाउँछ सिकार ?
    images

    काठमाडौँ । अघिल्ला वर्षहरुमा जस्तै आर्थिक वर्ष २०७९/८० का लागि पनि ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको सिकार आवेदन खुल्ला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको दोस्रो सिजन (फागुन–वैशाख) का लागि बिहीबार प्रतिस्पर्धात्मक प्रणालीबाट सिकार दरभाउ पत्र आह्वान गरेको हो ।

    विभागका अनुसार यस सिजनका लागि २ दर्जन नाउर, १ दर्जन झारल र केही बनेलको शिकार तोकिएको छ । यसका लागि निश्चित ६ वटा ब्लकहरू तोकिएको छ ।

    विभागका अनुसार तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको सिकार गरिने छ । इच्छुक नेपाली तथा विदेशी नागरिकले तोकिएको दस्तुर तिरेर सिकार खेल्न सक्नेछन् भने संघ संस्थाले दरखास्त हाल्न सक्ने विभागले जनाएको छ ।

    तर, सिकार शुल्क भने ब्लक अनुसार मूल्य फरक फरक तोकिएको छ । विदेशी नागरिकको हकमा आफूले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग आफ्नो देशमा लैजान कुनै बन्देज हुँदैन । यसका लागि निकुञ्जले नै प्रमाणपत्रको व्यवस्था गरिदिनेछ ।

    ढोरपाटन नेपालको एक मात्र शिकार आरक्षण हो । यहाँ कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको अनुमति दिइन्छ । ढोरपाटन शिकार आरक्षले सिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनमा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुने गरेको छ । ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक रहेका छन् । 

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १४:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij