Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अकासियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर २७२ रुपैयाँ पुग्यो

अकासियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर २७२ रुपैयाँ पुग्यो


  • 2.5K
    Shares

    अकासियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर २७२ रुपैयाँ पुग्यो
    images

    आर्थिक संकट झेलिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बुधबार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपैयाँ र हाई स्पीड डिजेलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढाएको छ ।

    अब पाकिस्तानी बजारमा पेट्रोलको मूल्य २७२ रुपिया र हाई स्पीड डिजेलको मूल्य प्रतिलिटर २८० रुपिया पर्नेछ । त्यस्तै मट्टीतेल भने प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।

    पाकिस्तानी संसद्‍मा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँगको ऋण सम्झौताबारेको विधेयक पेस भएको केही घण्टामै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    पाकिस्तानी मुद्रा कमजोर हुँदै गइरहेकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको सरकारले जनाएको छ । बिहीबार पाकिस्तानमा १ अमेरिकी डलरको खरिददर २६५ र बिक्रीदर २६७ पाकिस्तानी रुपैयाँ रहेको छ । पाकिस्तान सरकारले आईएमएफसँग ७ अर्ब अमेरिकी डलर बराबरको ऋण सम्झौता गर्दैछ । यतिबेला पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिति पनि निकै कम छ । पाकिस्तानसँग २.९ अर्ब अमेरिकी डलर मात्र सञ्चिति रहेको र त्यसले १६/१७ दिनको मात्र आयात धान्ने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

    पाकिस्तानी अर्थमन्त्री इशाक दारले आईएमएफका सर्तहरू पालना हुनेगरी विधेयक टेबुल गरिएको बताएका छन् । साथै सामान्य बिक्री कर(जीएसटी) मा १७ बाट बढाएर १८ प्रतिशत पुर्‍याउने पनि विधेयकमा प्रस्ताव रहेको उनको भनाइ छ । त्यस्तै चुरोट, पेयपदार्थ र सिमेन्टमा भन्सार दर बढाइने सरकारले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १३:१४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij