Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयाे

रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयाे


  • 1.9K
    Shares

    रेबिजका कारण गोरखामा चार वर्षीय बालकको ज्यान गयाे
    images

    गाेरखामा रेबिजका कारण एक बालककाे ज्यान गएकाे छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ का चार वर्षीय बालकको रेबिजका कारण ज्यान गएकाे हाे । 

    बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएकाे उनकाे परिवारले जनाएकाे छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका-४ को बालुवा बजारमा कुकुरले टोकेको थियाे । 

    स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।

    अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो ।

    काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो  ।

    रेबिजका कारण बालकको ज्यान गएपछि अजिरकोट गाउँपालिका-४ बालुवा बजार र बालकको घर भएको ठाउँ बारपाक सुलिकोट गाउँपालिका-४ मा पनि अभिमुखीकरणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १३:११:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij