२०८२ मंसिर ५ गते शुक्रवार
रैथानेवाली संरक्षण र कृषि आधुनिकीकरणका लागि दिलो ज्यान दिएर होमिएको राष्ट्रिय खाद्य बैंक नेपालकै विकट कर्णालीको हुम्ला जिल्लामा पुगेको छ।
हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय खाद्य बैंकको कर्णाली मै पहिलाे शाखा कार्यालय स्थापना भएको हो। बैंकका अध्यक्ष शंकर नाथ उप्रेती र प्रा डा जिबनाथ धिलालले संयुक्त रुपमा शाखा कार्यालय उद्घाटन गरेका हुन।

वडा अध्यक्ष धन बहादुर छन्त्यालकाे सभापतिमा भएको शाखा उद्घाटन कार्यक्रममा नागरिक समाजका अध्यक्ष श्री बहादुर शाही ले मन्तब्य दिएको अध्यक्ष उप्रेतीले बताए। कार्यक्रममा हुम्लाको सयौं अगुवा किसानको उपस्तिथि थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij