Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जनमतद्वारा पार्टी कार्यालयका लागि कम्प्युटर अपरेटरसहित कर्मचारी माग

जनमतद्वारा पार्टी कार्यालयका लागि कम्प्युटर अपरेटरसहित कर्मचारी माग


  • 1.7K
    Shares

    जनमतद्वारा पार्टी कार्यालयका लागि कम्प्युटर अपरेटरसहित कर्मचारी माग
    images

    काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टी कार्यालयका लागि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ ।

    केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि विज्ञापन निकालेको सो पार्टीका उपाध्यक्ष दीपक साहले बताए । जसपाले काठमाडौँसहित विभिन्न जिल्लाका लागि २५ जना कम्प्युटर अपरेटर माग गरेको छ । काठमाडौँका लागि चार जना अनुसन्धानकर्ता, कन्टेन्ट राइटर (लेखक) दुई जना, काठमाडौँका लागि प्रोग्रामर, एप डेभलपर दुई जना माग गरेको छ ।

    पार्टी सरकारमा गएपछि जनताले जनमत पार्टीसँग ठुलो अपेक्षा गरेकाले ती अपेक्षाहरू पूरा गर्न पार्टीले दिन रात काम गर्नुपर्ने र त्यसका लागि जनशक्ति चाहिने भएकाले यसरी विज्ञापन गरिएको उनले बताए ।

    पार्टीले केही नकेही गर्ने चुनौती थपिएको बताउँदै उनले आफूहरू त्यसका लागि गम्भीर रूपमा लागेको बताए । यसमा पार्टीभित्र वा बाहिरका व्यक्तिले पनि फर्म भर्न सकिने उनले बताए ।

    जनमत पार्टी आम चुनावमा भाग लिँदा १० लाखलाई रोजगारी दिलाउने घोषणा गरेको थियो । रोजगारी सृजना गर्नका लागि जनमत पार्टी प्रयासरत छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १२:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij