Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अखिलको निर्वाचन प्रक्रिया: यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)

अखिलको निर्वाचन प्रक्रिया: यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)


  • 1.6K
    Shares

    अखिलको निर्वाचन प्रक्रिया: यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)
    images

    काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै  एक सय जना हाराहारीमा उम्मेदवारी  परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

    अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ । 

    जसमा चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । यसैगरी महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन् । 

    बिहान ८ बजेबाट मतदान हुने भनिएपनि अध्यक्ष लगायतका पदमा सहमति जुटाउन नेताहरु लागि परेकाले मतदान सुरु हुन ढिला भएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:१६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij