Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन


  • 1.8K
    Shares

    बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन
    images

    काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए ।

    समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए ।

    माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

    फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । 

    डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोप छ । छानबिनका लागि उनलाई बालाजु वृतबाट हटाइएको छ । 

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij