Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई उच्च अदालतको अन्तरिम आदेश

इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई उच्च अदालतको अन्तरिम आदेश


  • 1.5K
    Shares

    इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई उच्च अदालतको अन्तरिम आदेश
    images

    उच्च अदालत पाटनले इन्टरनेटको तार काट्ने काम तत्काललाई रोक्न वा सेवा अवरुद्ध नगर्न आदेश दिएको छ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले हालेको रिटमा न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले ऊर्जा मन्त्रालयसहितका विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

    आइस्पानले नेपाल विद्युत प्राधिकरणले पटकपटक आफूहरुको तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश जारी गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

    इन्टरनेट सेवा प्रदायक र विद्युत प्राधिकरणबिच लामो समयदेखि पोलभाडासम्बन्धी विवाद कायमै छ। पोलभाडा नतिरेको तथा सम्झौता नवीकरण नगरेको भन्दै विद्युत प्राधिकरणले देशका विभिन्न भागहरुमा इन्टरनेटको तार काट्दै आएको छ। जसका कारण इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ।

    उच्च अदालत पाटनले फागुन १६ गते अर्को पेसी तोकेको छ। उक्त अवधिसम्म विपक्षी विद्युत प्राधिकरणले गत मंसिर ६ गतेको सूचनाअनुसार इन्टरनेटको तार काट्ने वा सेवा अवरुद्ध नगर्न आदेश दिएको हो।

     


    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:०७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij