Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता प्रदर्शनी

भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता प्रदर्शनी


  • 1.6K
    Shares

    भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता प्रदर्शनी
    images

    काठमाडौँको भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घद्वारा बुधवारदेखि कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो भन्ने नारा सहित बुधवारदेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु गरेको हो ।

    प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।

    प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबापत तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गरिन् । उनले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन् । उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने  बताइन् ।

    प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको सङ्घले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ ।

    मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य सङ्घको रहेको छ । मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता,चप्पल तथा छाला जन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरूको प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १५:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij