२०८२ मंसिर ६ गते शनिवार
१९ फागुनमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गदै महानगरले चालु आर्थिक वर्ष (आव)२०७९–८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिएको हो ।
सार्वजनिक सुनुवाइमा सम्बन्धी सूचनामा उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, महिला, सीमान्तकृत वर्ग लगायत सरोकारवाला सबैलाई सहभागिताका लागि महानगरले आह्वान समेत गरेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij