Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, ११ जनालाई बनाइयो प्रतिवादी

स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, ११ जनालाई बनाइयो प्रतिवादी


  • 2.6K
    Shares

    स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, ११ जनालाई बनाइयो प्रतिवादी
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको थापाले जानकारी दिए ।

    अब सरकारी वकिलको कार्यालयले फाइल अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गर्नेछ । सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार उक्त घटनामा ११ जनालाई प्रतिवादी बनाइएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएको पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई ‘फिक्सिङ’को प्रस्ताव आएको खुलासा गरेका थिए ।

    प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १३:१५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij