२०८२ मंसिर ६ गते शनिवार
मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिले आफूहरुबीच भएको सहमति कार्यान्वयन भए/नभएकोबारे गृह मन्त्रालयसँग जवाफ मागेको छ। समितिले गृह मन्त्रालयलाई औपचारिक पत्र लेख्दै जानकारी मागेको हो।
गत असोज १ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको रोहबरमा मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समिति र गृह मन्त्रालयबीच विभिन्न सहमति भएको थियो।
जसअनुसार आवश्यक कार्यविधि तर्जुमा गरी लेनदेका कागजात छानबिन गर्ने, मिटरब्याज सम्बन्धित देखिएका कागजात खिची अवैध घोषणा गर्ने, मिटरब्याजी परिवारको सम्पत्ति छानबिन गर्ने, हिंसाको कारण मृत्यु भएका ऋणीको परिवारलाई क्षतिपूति भराइदिने, साँवा ब्याज चुक्ता गरेका ऋणीलाई जग्गा फिर्ता गराउने एवम् सरकारका तर्फबाट गर्नपर्ने आवश्यक कार्यकारी निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने सहमति भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij