२०८२ मंसिर ६ गते शनिवार
अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै व्यवसायीहरुको क्षति अनुसारको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा अराजक समूह प्रवेश गरेर क्षति पुर्याएको जनाएको छ ।
‘व्यवसायीले आफ्ना माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको समयमा अराजक समूह प्रवेश गरेर व्यवसायीको सामग्री लुट्नेदेखि तोडफोड गर्ने काम भएको भन्दै यसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ ।
‘यो घटनाप्रति महासंघ दुःख व्यक्त गर्दछ, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र घाइतेको उचित उपचारको व्यवस्था गर्नका लागि पनि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । अवस्था गम्भिर हुनुभन्दा पहिले नै समस्या समाधानमा चासो नदिएका कारण यो अवस्था आएको महासंघको भनाइ छ । यस्ता समस्याहरु समयमा नै समाधान गर्नका लागि महासंघले सरोकारवाला निकायसँग माग समेत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij