Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबी गर्दै डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबी गर्दै डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी


  • 2.4K
    Shares

    शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबी गर्दै डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी
    images

    नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशाेक सिंहविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।

    विश्वप्रकाश भेटवालले हदैसम्मकाे कारबाही गरिपाऊँ भन्दै अख्तियारीमा उजुरी दिएका हुन्।

    निवेदक भेटवालले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।

    उजुरी पत्रअनुसार डिआइजी सिंहले २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए।

    हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत छन्।

    प्रहरीमा जागीर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएकाे जिकिर निवेदक भेटवालले गरेका छन्।

    अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी भएकाे तर प्रहरी प्रधान कार्यालयको तीनपुस्ते रेकर्डमा अशोक सिंह मात्र रहेकाे निवेदनमा बताइएकाे छ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १२:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij