Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा कति ?

सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा कति ?


  • 1.9K
    Shares

    सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा कति ?
    images

    सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान गर्ने भएको छ । सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने कम्पनीले जनाएको छ । योसँगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान गर्ने भएको छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने गरेको थियो ।

    अब शनिबार सीता एयर र नेपाल एयरलाइन्स दुवैले उडान गर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा आठ हजार र काठमाडौंबाट दाङ आउँदा आठ हजार एक सय भाडा तय भएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए ।उनका अनुसार काठमाडौंबाट दिउँसे १२ः१० बजे उडान गर्नेछ भने दाङबाट दिउँसो साढे एक बजे उडान गर्नेछ । 

    माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान गरेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरूले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए । 

    हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन । नेपाल एयरलाइन्सले दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौ हजार १० रहेको छ । हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तारका लागि पहल भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - ११:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij