Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि आजदेखि अन्तिम सुनुवाइ

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि आजदेखि अन्तिम सुनुवाइ


  • 1.7K
    Shares

    ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि आजदेखि अन्तिम सुनुवाइ
    images

    काठमाडौँ । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ तीन वटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाइ गर्न लागेको हो।

    ओली सरकारपछि मुलुकमा परमादेशबाट शेरबहादुर देउवा र निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार निर्माण भइसकेको छ।

    पटक–पटक सुनुवाइ प्रभावित भए पछि सर्वोच्च अदालतले गत ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो। त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधवार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

    तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषद्को बैठक डाकेको, गणपूरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरूको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - ११:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij