Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान

फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान


  • 2.1K
    Shares

    फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान
    images

    मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सुरु हुने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका अनुसार यस वर्ष करिब ८ लाख सर्वसाधारणलाई औषधि खुवाउने योजना छ।

    मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख डा. सुरेश मेहताले जिल्लामा औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेको जानकारी दिए। यसमा ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित तयारी भइरहेको उनले बताए।

    डा. मेहताले भने, ‘जिल्लामा हात्तिपाइलेविरुद्ध १२ औँ चरणको अभियान हुँदैछ। यस अभियानलाई प्रभावकारी बनाएर करिब ८० लाख सर्वसाधारणलाई औषधि खुवाउने तयारीमा छौँ।’

    डा. मेहताले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न सबैलाई उत्प्रेरित गर्न आग्रह गरे। उनका अनुसार लक्षित उमेर समूहकाले औषधि सेवन नगरेका कारण यसअघिका अभियान प्रभावकारी नभएको हो।

    उनले अभियान सञ्चालनका लागि दुई हजारभन्दा बढीको संख्यामा स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको जानकारी दिए। मोरङमा नियमित ५ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने १६ दशमलव ७८ प्रतिशत रहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १७:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij