Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

यातायात मजदुरका माग सम्बोधन गर्न उच्चस्तरीय कार्यदलको बैठक बस्दै

यातायात मजदुरका माग सम्बोधन गर्न उच्चस्तरीय कार्यदलको बैठक बस्दै


  • 2.2K
    Shares

    यातायात मजदुरका माग सम्बोधन गर्न उच्चस्तरीय कार्यदलको बैठक बस्दै
    images

    यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ।

    उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो।

    कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको नेपाल यातायात मजदुर संघका महासचिव नूरनाथ पन्तले जानकारी दिए। 

    छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रूपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए।उक्त बैठकसँगै आज उपत्यकामा गरिएका सबै सार्वजनिक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको छ। बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर र यातायात मजदुरका नेताको सहभागिता थियो।

    यस्तै, आज दिउँसो ३ बजे कार्यदलको बैठक यातायात व्यवस्था विभाग मीनभवनमा बस्दै छ। यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो। दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित लोत्से मल तोडफोड तथा चोरी भएको थियो। रासस

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १५:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij