२०८२ मंसिर ६ गते शनिवार
गृह मन्त्रालयले सोमबार काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरूलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सचिव विनोद प्रकाश सिंहले सोमबार भएको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई निर्देशन दिएका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij