Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मजदुरको उग्र आन्दोलनपछि बालाजु वृत्तका डीएसपीको जिम्मेवारी खोसियो, कुँवरलाई नयाँ जिम्मेवारी

मजदुरको उग्र आन्दोलनपछि बालाजु वृत्तका डीएसपीको जिम्मेवारी खोसियो, कुँवरलाई नयाँ जिम्मेवारी


  • 1.8K
    Shares

    मजदुरको उग्र आन्दोलनपछि बालाजु वृत्तका डीएसपीको जिम्मेवारी खोसियो, कुँवरलाई नयाँ जिम्मेवारी
    images

    काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ ।

    आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

    घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले बताए । उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

    ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १३:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij