Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने


  • 2.7K
    Shares

    हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने

    सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

    हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहनेछ। 

    एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन्। सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन्। सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारसम्मबा सुचारु रहनेछन्। 

    उक्त अवधिमा हिमालयन बैंकबाट जारी भएका एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) माफृत हुने कारोबारहरु सुचारु रहनेछन्। सिभिल बैंकबाट जारी भएका एटीएम कार्डहरुमार्फत हुने कारोबारका साथै दुवै बैंकका मोबाइल बैंकिङ एप र इन्टरनेट बैंकिङ सेवा भने सो अवधिमा बन्द रहनेछन्। 

    एकीकृत कारोबारपश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन बैंकले आग्रह गरेको छ। 

    गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए। 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १२:०८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij