Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

रास्वपाको केन्द्रीय समितिको बैठक जारी, चितवन २ मा काे उम्मेदवार उठाउने भन्नेबारे छलफल हुने

रास्वपाको केन्द्रीय समितिको बैठक जारी, चितवन २ मा काे उम्मेदवार उठाउने भन्नेबारे छलफल हुने


  • 1.5K
    Shares

    रास्वपाको केन्द्रीय समितिको बैठक जारी, चितवन २ मा काे उम्मेदवार उठाउने भन्नेबारे छलफल हुने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजेबाट सुरू भएको हो ।

    बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ ।

    रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो ।

    यद्यपि, सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १६:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij