Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दुर्गा प्रसाईँको अभियानमा ज्ञानेन्द्र र पारस सहभागी

दुर्गा प्रसाईँको अभियानमा ज्ञानेन्द्र र पारस सहभागी


  • 1.9K
    Shares

    दुर्गा प्रसाईँको अभियानमा ज्ञानेन्द्र र पारस सहभागी
    images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन्।

    पूर्वराजा शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस पनि उपस्थित भएका छन्। झापाको काँकडभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो।

    राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्। कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ।

    नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई निम्ता दिएका थिए। अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १५:४५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij