Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मृतक प्रेम आचार्याकी श्रीमतीले बुझिन् जीवन बिमावापतको रकम

मृतक प्रेम आचार्याकी श्रीमतीले बुझिन् जीवन बिमावापतको रकम


  • 1.6K
    Shares

    मृतक प्रेम आचार्याकी श्रीमतीले बुझिन् जीवन बिमावापतको रकम
    images

    आत्मदाहको प्रयासपश्चात् ज्यान गुमाएका इलामका प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले जीवन बीमा गरेबापत् दाबी भुक्तानी रकम उपलब्ध गराएको छ ।

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

    मृतककी श्रीमती नानुका अधिकारीकानाममा चेकमार्फत कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।

    केही समयअघि नयाँबानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपश्चात् घाइते भएका उनलाई उपचारका लागि र्कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, उनको उपचार सफल हुन सकेन । अस्पताल भर्ना गरेको भोलिपल्ट आचार्यको बिहान मृत्यु भएको थियो ।

    आचार्यको निधनभएपछि देश विदेशबाट विभिन्न व्यक्ति तथा संघ संस्थाले मृतकको परिवारलाई आर्थिक सहयोग जुटाउँदै आएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १५:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij