Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बागमती प्रदेशमा २ फागुनबाट अंकभार प्रणाली, ७० ल्याए ट्रायल पास

बागमती प्रदेशमा २ फागुनबाट अंकभार प्रणाली, ७० ल्याए ट्रायल पास


  • 1.8K
    Shares

    बागमती  प्रदेशमा २ फागुनबाट अंकभार प्रणाली, ७० ल्याए ट्रायल पास
    images

    काठमाडौँ । बागमती प्रदेशमा पटकपटक रोकिँदै आएको सवारीचालक अनुमति-पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने अंकभार प्रणाली २ फागुनबाट लागू हुने भएको छ । 

    १ फागुनबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाले २ गतेबाट लागू गर्ने भएको हो ।

    यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो ।

    पाण्डेको हस्तक्षेपका कारण तीन पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले कार्यान्वयन गर्न लागेको हो ।

    यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । जसलाई अङ्कमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलमा ७० प्रतिशत अङ्क ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । अन्य नियममा भने अङ्क थपघट हुने भए पनि पास हुन सकिने नियम छ ।

    ट्रायल पास हुन ७० अङ्क ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १४:३५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij