Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रधानमन्त्रीको कार्यक्रमस्थल नजिकबाटै जनयुद्ध दिवस मनाइरहेका १३ जना समातिए

प्रधानमन्त्रीको कार्यक्रमस्थल नजिकबाटै जनयुद्ध दिवस मनाइरहेका १३ जना समातिए


  • 1.3K
    Shares

    प्रधानमन्त्रीको कार्यक्रमस्थल नजिकबाटै जनयुद्ध दिवस मनाइरहेका १३ जना समातिए
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यक्रमस्थल नजिकैबाटै प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

    महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

    नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्ट सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र  ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले समातेको हो।

    पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरी आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए।

    ‘कार्यक्रम सकेर अबिर लगाइरहेका थियौँ, प्रहरीले धरपकड गरेको छ,’ उनले भने। प्रधानमन्त्री दाहाल बसपार्कको बाटो भएर दोधारा चाँदनी सुख्खा बन्दरगाहको निरीक्षणका लागि गएका छन्।

    उनी यस पछि बसपार्क नजिकै रहेको खुलामञ्चमा हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दोधारा चाँदनीबाट प्रधानमन्त्री दाहाल सोही रुट भएर फर्किने छन्।

    प्रहरीले समातेपछि उनीहरुले ‘वीर सहिदहरु लाल सलाम, प्रहरी हस्तक्षेप बन्द, नालायक प्रचण्ड मुर्दावाद’ को नारा लगाएका थिए।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १४:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij