Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने

सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने


  • 1.8K
    Shares

    सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने
    images

    नेपालका लागि संयुक्त राज्य बेलायती राजदूत निकोला पोलिटले सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन्। सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो।

    प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन्। 

    बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले २ देशबीच सरकार–सरकार मात्र नभइ जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे। बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले भने, ‘दुई देशबीच २०० वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ। विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ।’

    सभामुख घिमिरेले बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै दुई देशबीच आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए।

    बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन्। उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।

    राजदूत पोलिटले गत निर्वाचनमार्फत् नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन्।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १४:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij