२०८२ मंसिर ६ गते शनिवार
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्र त्यागेकी छन्। उनले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्षसमक्ष पार्टी छाडेको पत्र बुझाएकी हुन्।
वलीले राजीनामा पत्र माघ २४ मै पार्टीमा दर्ता गरेको खुलेको छ। उनले आफूलाई पार्टीले 'युज एण्ड थ्रो' गरेको भन्दै गुनासो पनि पोखेकी छन्।
‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ। तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो,’ उनले गुनासो गर्दै भनेकी छन्, 'माओवादीले मलाई‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको छ। हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ।'

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij