Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी

नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी


  • 2.2K
    Shares

    नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् ।

    रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ ।

    वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।

    विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:५९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij