Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा


  • 1.5K
    Shares

    अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा
    images

    मंगलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।

    कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक हुन लागेको जनाइएको छ । प्रदर्शनीमा देशभरका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने आयोजकको भनाइ छ । प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको’ रहेको जनाइएको छ ।

    16-th-mela.jpg

    लघु घरेलु तथा साना उद्योगहरूमा रहेका पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकास हुन नसक्नाले आकर्षित प्रतिफलको अभावमा नयाँ पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन नसकेको मेला संयोजक शोभा गुरुङले बताइन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक–अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान–प्रदान गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्दै आएको उनको भनाइ छ । उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिने यस मेलामा देशका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न बिटुबी, बिटुसी, बिटुजीजस्ता अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव थप आकर्षण हुने मेला संयोजक गुरुङले बताइन् । 

    प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने जनाइएको छ । दुई सयवटा स्टल रहने प्रदर्शनीमा दुई लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको विश्वास छ । त्यस्तै, सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताए ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij