Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ


  • 1.4K
    Shares

    गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ
    images

    गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेका छन् ।

    यही माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या गरेको भनी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

    घटना पश्चात फरार रहेका चन्द्रलाई कन्चनपुरको महेन्द्रनगरबाट र धिरजलाई गोरखा नगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । उनीहरु बिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij