२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा जारी बहस सकिएको छ । सरकारी वकिल र सभामुखको तर्फबाट आजदेखि बहस सकिएको हो ।
सर्वोच्च अदालतका अनुसार आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्यूरीले सुझाव दिनेछ ।
एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला आउनेछ । श्रोतका अनुसार प्रतिनिधिसभा विघटन भएको २ महिना पुगेकै दिन फागुन ५ गते अन्तिम फैसला आउने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij