Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज भित्रियो

कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज भित्रियो


  • 1.7K
    Shares

    कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज भित्रियो
    images

    कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ। सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो।

    कोभ्याक्स सुविधाअन्तरगर्त प्राप्त गर्ने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेप ३ लाख ४५ हजार ६०० डोज खोप आएको आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका खोप सुपरभाइजर ओम उपाध्यायले बताए। यसपछि बाँकी खोप ४, ८, ११ र १५ फागुनमा आउने बताइएको छ।

    सरकारले कोभिडविरुद्धको बुस्टर डोज लगाउन आह्वान गरे पनि मौज्दात खोप नहुँदा रोकिएको थियो। नयाँ खोप आएपछि बुस्टर डोज लगाउनका लागि बाटो खुलेको छ । यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४औं बैठकले स्वीकृत गरेको थियो।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:०५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij