Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रचण्ड र ओली जाली र नक्कली भएको वैद्यको दाबी, संसद विघटनपछि बिदेशीले लिए भन्छन देशको चाबी 

प्रचण्ड र ओली जाली र नक्कली भएको वैद्यको दाबी, संसद विघटनपछि बिदेशीले लिए भन्छन देशको चाबी 


  • 5.3K
    Shares

    प्रचण्ड र ओली जाली र नक्कली भएको वैद्यको दाबी, संसद विघटनपछि बिदेशीले लिए भन्छन देशको चाबी 
    images

    काठमाडौं । नेकपा (क्रान्तिकरी माओवादीका)का महासचिव मोहन वैद्य किरणले आफ्नो मुद्दा वर्तमान राज्यसत्तालाई ढालेर वैज्ञानिक समाजवाद भएको बताएका छन् ।

    नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालबीच रणनीतिक कार्यगत एकता घोषणा सभामा बोल्दै उनले मोर्चाको पहिलो प्राथमिकता वर्तमान राज्यसत्ताको अन्त्य भएको बताए ।

    "मोर्चाको पहिलो प्राथमिकता संसदिय व्यवसथा ढलाएर जनताको राज्य सत्ताको स्थापना र वैज्ञानिक समाजवाद स्थापना हो । त्यसका लागि हामी प्रतिवद्ध छौँ," उनले भने ।

    सत्ताधारी पार्टीले आफूलाई क्रान्तिकारी भन्दै क्रान्तिलाई धोका दिएको उनको आरोप छ। आवश्यक परे अर्को युद्ध गर्न तयार रहेको उनको उद्घोष थियो ।

    "आवश्यक परे फेरि अर्को युद्ध गर्न तयार छौँ । यस्तो भन्दा मानिसले पत्याउँदैनन्। हिजो राणा ढल्दैन भन्थे पञ्चायत ढल्दैन भन्थे राजा ढल्दैन भन्थे तर ढले। संसदीय व्यवस्था असफल भएको छ। अब संसदीय व्यवस्थाले काम गर्दैन। दक्षिणपन्थी संसोधनवादको पनि असफलता हो," उनले भने ।

    संसद विघटनपछि देशमा बाह्य चलखेल बढ्दै गएको उनको भनाई थियो ।

    "एमसीसी पास गराउन लागि रहेका छन् । क्रान्तिको झण्डा ढलेको छैन । हामीले बोकेका छौँ," आफू क्रान्तिकारी भएको भन्दै उनले भने," विप्लव नेकपा माथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस् । पक्राउ नेता कार्यकर्ता लाई तुरुन्त खारेज होस । मुद्दाहरु राजनीतिक हुन् । राजनीतिक रुपमा समाधान होस् । खाटि कम्युनिस्ट को होरु ओली जी आफुलाई सक्कली भन्दै प्रचण्ड माधव नेपाल समुहलाई नक्कली भन्छन् ।"

    प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड(माधवकुमार नेपाल दुबै समूह नक्कली कम्युनिस्ट भएको वैद्यको भनाई छ ।

    "फेरि हामी के भन्छौँ भने उनीहरु दुवै नक्कली हुन । सक्कली कम्युनिस्ट भन्ने जनताका जनजीविकाका समस्या हल नगर्ने, जनजीविकाका कुरा उठाउनेलाई प्रतिबन्ध लगाउने," उनले भने ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १६:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij