Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

संसदीय व्यवस्था अन्त्य गरी जनगणतन्त्र स्थापना गर्न विप्लब देखि ऋषी एकै ठाउँमा, यस्ता छन् कार्यक्रम 

संसदीय व्यवस्था अन्त्य गरी जनगणतन्त्र स्थापना गर्न विप्लब देखि ऋषी एकै ठाउँमा, यस्ता छन् कार्यक्रम 


  • 5.7K
    Shares

    संसदीय व्यवस्था अन्त्य गरी जनगणतन्त्र स्थापना गर्न विप्लब देखि ऋषी एकै ठाउँमा, यस्ता छन् कार्यक्रम 
    images

    काठमाडौं । नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेकपासहित चार दल मिलेर रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन्।

    मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल रहेका छन्।

    चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना  गर्ने लक्ष्य लिएको छ।

    मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्नेसमेत घोषणा गरेको छ।

    रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।

    मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १६:३२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij