Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

‘म्यारिज एनिभर्सरी’कै दिन श्रीमतीलाई प्रहरीले खोरमा जाकेपछि झाँक्रीका श्रीमानले पोखे यस्तो बिलौना 

‘म्यारिज एनिभर्सरी’कै दिन श्रीमतीलाई प्रहरीले खोरमा जाकेपछि झाँक्रीका श्रीमानले पोखे यस्तो बिलौना 


  • 7.4K
    Shares

    ‘म्यारिज एनिभर्सरी’कै दिन श्रीमतीलाई प्रहरीले खोरमा जाकेपछि झाँक्रीका श्रीमानले पोखे यस्तो बिलौना 
    images

    काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको जीवनको दोस्रो अध्याय सुरु भएको दिन थियो । आजभन्दा ठीक ११ वर्ष अगाडि झाँक्री र पशुपति पुरीबीच विवाह भएको थियो ।

    सबै कुरा सामान्य हुन्थ्यो त, झाँक्री र उनका श्रीमान बिहीबार (यतिबेला) वैवाहिक वर्षगाँठ मनाइरहेका हुन्थे । तर, अवस्था सामान्य भएन ।

    एकाबिहानै झाँक्रीले फेसबुकमा ११ औं वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्दै श्रीमान पशुपति पुरीसँगको फोटो हाल्दै लेखिन्, ‘आज माघ २९ । सोचेजस्तो हुन्न जीवन भन्ने थाहा छ । तिमी आयौ जिन्दगीमा यसै आहा छ ।’

    बिहीबार बिहान भएको कुराकानीमा प्रहरीले निगरानी बढाएको बताएकी थिइन् । झाँक्रीले केही दिन अघि गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका कारण उनलाई पक्राउ गर्ने कुरा चलिरहेको थियो ।

    त्यत्तिकैमा मध्यान्ह उनको शंखमूलस्थित घरबाहिर प्रहरी परिचालन गरियो । त्यहीं झाँक्रीका समर्थकहरू तथा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले पनि ओली सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भयो ।

    वैवाहिक वर्षगाँठकै दिन उनको घर बाहिर सबै कुराहरू भइरहेको थियो । त्यत्तिकैमा प्रहरीले उनलाई पक्राउ पूर्जी थमायो जसमा उनलाई ‘राज्य विरुद्धको कसुर’ लगाइएको थियो ।

    आफूले राष्ट्रपति संस्थाको आलोचना गरेको बताउने नेतृ झाँक्रीलाई सरकारले भने राज्य विरुद्धको कसुर लगाएको हो । उनले प्रहरीलाई गिरफ्तारी दिइन् ।

    गिरफ्तारी दिँदै गर्दा उनले भनेकी थिइन्, ‘मौलिक हकको प्रयोग गरेर आलोचना गर्दा मलाई दफा ५८ अन्तर्गत राज्यविरुद्धको कसुर लगाइयो ।’

    आफ्नै श्रीमती पक्राउ परेको देखिरहेका झाँक्रीका श्रीमान पशुपति पुरी जीवनकै मीठो सम्झना रहेको दिनमा नमिठो घटनाको साक्षी बस्नुपरेको थियो ।

    आफ्नी श्रीमतीलाई बोलेकै कारण राज्यले पक्राउ गरेको उनी हेरिरहेका थिए । ‘उहाँलाई आजकै दिन पक्राउ गरियो,’ उनी वर्षगाँठबारे बताउँदै भन्छन्,‘मलाई कस्तो अनुभव भइरहेको छ, तपाईं आफैं सोच्नुस् न ।’

    ११ औं वर्षगाँठमा आज कतै घुम्न जाने योजना नभएपनि दम्पतीले घरमै बसेर खानपिन गर्ने योजनामा थिए । झाँकीका श्रीमान् भौतिक मन्त्रालयका उपसचिव हुन्। 

    आजको योजनाबारे सुनाउँदै पुरी भन्छन्, ‘आज कतै घुमघाममा जाने योजना थिएन । घरमै बसेर खानपिन गर्ने, रमाइलो गर्ने योजना थियो । तर आज उहाँलाई आजकै दिन पक्राउ गरियो ।’

    झाँक्रीलाई पक्राउ गरेपछि अहिले उनको पारिवारिक माहोल मौन र शून्य भएको छ ।

    यता झाँक्रीले भने हिरासतबाटै अन्तिम लडाईंको घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राज्यविरुद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभबनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो ।’

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १६:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij