Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रधानमन्त्री ओलीका सामु यसरी लत्रिए आईजीपी शैलेश थापा, झाँक्री समात्न भएछ १० दिन ढिलाई 

प्रधानमन्त्री ओलीका सामु यसरी लत्रिए आईजीपी शैलेश थापा, झाँक्री समात्न भएछ १० दिन ढिलाई 


  • 44.6K
    Shares

    प्रधानमन्त्री ओलीका सामु यसरी लत्रिए आईजीपी शैलेश थापा, झाँक्री समात्न भएछ १० दिन ढिलाई 
    images

    काठमाडौं । अभिव्यक्तिका कारण चर्चामा रहिरहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    राष्ट्रपतिको आलोचना गर्नेविरुद्ध प्रधानमन्त्री केपी ओली कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । त्यसो त पछिल्लो समय आफ्नो समूहविरुद्ध बोल्नेलाई उच्च निगरानीमा राख्न बालुवाटारले प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई पटक-पटक अनौपचारिक निर्देशन दिएको बताइन्छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा रामकुमारीलाई १० दिनअघि नै प्रहरीले पक्राउको तयारी गरेको थियो । यसका लागि गृह मन्त्रालयमार्फत आईजीपी शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएका थिए ।

    झाँक्रीलाई १० दिनअघि नै पक्राउ गर्न खोजिए पनि प्रचण्ड-माधव नेपाल समूहको बुधबारको प्रदर्शन हिंसात्मक बन्न सक्ने भन्दै प्रहरी पछि हटेको थियो । सामाजिक सन्जाल, नागरिक अगुवाहरुले रामकुमारी पक्राउको विरोध गरेका छन् ।

    बिहीबार बिहानदेखि आईजीपी थापाले दबाब थेग्न नसकेपछि तल्लो तहका प्रहरी युनिटलाई रामकुमारीलाई जसरी पनि पक्राउ गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

    गृहमन्त्री रामबहादुर थापा अहिले ओली समूहमै छन् । यसले पनि बालुवाटारले सुरक्षा संयन्त्रलाई आफूअनुकूल प्रयोग गर्दै आएका छन् । आईजीपी बन्नुअघि व्यावसायिक छवि कायम गरेका आईजीपी शैलेश थापा पछिल्लो समय प्रधानमन्त्री र गृह मन्त्रालयको चेपुवामा परेको बताइन्छ । उनले स्पष्ट रुपमा अडान राख्न नसक्दा पछिल्लो समय प्रहरीको निर्णय क्षमता कमजोर बन्दै गएको बताइन्छ ।

    जसकारण तल्लो तहका प्रहरी कर्मचारीको समेत मनोबल कमजोर बन्दै गएको गुनासो संगठनभित्रै सुनिने गरेको छ । प्रहरीकै अधिकारीहरु पछिल्लो समय बालुवाटारको अनावश्यक दबाब बढेको भन्दै रुष्ट देखिन्छन् । उनीहरु भन्छन्, “हामी राजनीतिक कुरामा त धेरै बोल्दैनौं । तर आफ्ना विरोधीमाथि जसरी प्रहरीको प्रयोग गर्न खोजिँदै छ यो गलत छ । यस्ता गलत कुराको आईजी सापले विरोध गर्नुपर्छ ।”

    यसअघि पनि प्रधानमन्त्रीका सल्लाहकारहरुको निर्देशनमा प्रचण्ड(नेपाल समूहका शीर्ष नेताहरुको गुप्तचर विभागले निगरानी सुरु गरेको थियो । अहिले पनि उनीहरुका गतिविधिमाथि गुप्तचर विभागले निगरानी राखिएको बताइन्छ ।

    गृहमन्त्री थापा पनि ओली समूहमै भएकाले उनले प्रधानमन्त्रीको आदेशविरुद्ध बोल्ने गरेका छैनन् । गृहकै अधिकारीहरु भन्छन्, “गृहमन्त्रीज्यू त प्रधानमन्त्रीकै एसम्यानजस्तो हुनुहुन्छ । सबैतिर प्रधानमन्त्रीकै विश्वासपात्रहरु छन् । बालुवाटारबाट जे आयो त्यो सबै सदर हुन्छ ।” पछिल्लो समय प्रधानमन्त्री ओलीले सरुवा र बढुवामा समेत आफूनिकटका व्यक्तिहरुलाई प्राथमिकतामा राखेका छन् ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १६:००:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij