Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्दै दोल्ती पावर

फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्दै दोल्ती पावर


  • 2.0K
    Shares

    फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्दै दोल्ती पावर

    दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो ।

    स्थानीयका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुलाउने छ ।

    यो सेयरमा दैलेख जिल्लाका नौमुले र कालिका गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, सोही जिल्लाका जिल्लावासीले समेत आवेदन दिन पाउने बताइएको छ । यसका साथै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री खुलाउने छ । यो सेयरमा नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

    कम्पनीले दैलेखकमा ४.५ मेगावाट क्षमताको जलविद्युत निर्माण गरिरहेको छ । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । 

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - ११:२४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij