Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कार्यकर्तालाई चुनावको तयारीमा रहन कांग्रेस सभापति देउवाको निर्देशन

कार्यकर्तालाई चुनावको तयारीमा रहन कांग्रेस सभापति देउवाको निर्देशन


  • 6.2K
    Shares

    कार्यकर्तालाई चुनावको तयारीमा रहन कांग्रेस सभापति देउवाको निर्देशन
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसबारे कांग्रेसले बोल्न नमिल्ने बताएका छन् ।

    नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहीबार सानेपामा गरेको कार्यक्रमा उहाँले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको तयारी गरिरहनुपर्ने बताए ।

    कांग्रेस सभापति देउवाले संसद पुनस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

    कांग्रेस सभापति देउवाले कांग्रेस मात्रै समावेशी पार्टी भए पनि उल्टो प्रचार भएको जनाए ।

    प्रधानमन्त्रीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने धारणा राखेका थिए ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १५:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij