Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अदालतबाट दोषी ठहर नहुन्जेल सांसद पद नजाने

अदालतबाट दोषी ठहर नहुन्जेल सांसद पद नजाने


  • 1.6K
    Shares

    अदालतबाट दोषी ठहर नहुन्जेल सांसद पद नजाने

    प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने समझदारी गरेको गरेको छ।

    शुक्रबार बसेको मस्यौदा समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म पुर्पक्षका लागि थुनामा गएपनि सांसद पद कायम रहनेमा सहमति जुटाएको हो। 

    अब मस्यौदा नियमावली संसद्बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदहरूले पनि संसद्को लोगो लगाउन पाउनेछन्।

    राप्रपा, जनता समाजवादी पार्टी (जसपा) लगायतका मधेसवादी दलहरू कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडान र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी विरोधमा थिए। 

    उनीहरुले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने तर्क गरेका थिए ।
    उनीहरुले विरोध जनाएपनि सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम राख्न तयार भएका हुन्।

     

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १५:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij