Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रतिनिधिसभा नियमावली मस्यौदा: पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने भयो यस्तो सहमति

प्रतिनिधिसभा नियमावली मस्यौदा: पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने भयो यस्तो सहमति


  • 2.2K
    Shares

    प्रतिनिधिसभा नियमावली मस्यौदा: पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने भयो यस्तो सहमति
    images

    फौजदारी अपराधको आरोपमा पक्राउ परी  पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो ।

    कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो । राप्रपा र जसपालगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा रहेका थिए ।

    कांग्रेस, माओवादी र नेकपा एसका सांसदले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने बताएका थिए ।

    मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसद्‍बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदहरूले पनि संसद्को लोगो लगाउन पाउनेछन् ।

     

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १४:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij