Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै


  • 1.8K
    Shares

    प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

    काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा उनी सोमबार काठमाडौं आउन लागेका हुन् ।

    नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ । .

    विदेश सचिव हुनुअघि उनी नेपालमै राजदूत थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका बेला क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ ।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १४:५०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij