Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी, ३ बजे शपथ

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी, ३ बजे शपथ


  • 1.6K
    Shares

    सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी, ३ बजे शपथ

    सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै मन्त्रिमण्डल विस्तारको तयारी समेत गरिएको छ । जसको लागि उनको सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ ।

    कांग्रेसको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीको समर्थन छ ।

    मन्त्रिमण्डल विस्तारका लागि कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसबाट मन्त्रिमण्डलको आकार निर्क्योल हुने कांग्रेसका एक जना प्रदेशसभा सदस्यले बताए । तथापि पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुनसक्ने बताइएको छ ।

    एकताका संसदीय दलको नेताको दाबी गरेका अछामबाट निर्वाचित प्रदेशसभा सदस्य मेघराज खड्काको पनि मन्त्री हुने सम्भावना बलियो छ । उनी कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् । त्यस्तै, कांग्रेसभित्र प्रकाश देउवाको चर्चा पनि उत्तिकै छ ।

    त्यस्तै, एकीकृत समाजवादीबाट पनि मन्त्री थपिने भएका छन् । नेकपा एकीकृत समाजवादीभित्र संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र  बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ । तर सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ । त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा.तारा जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।

    अघिल्लो सरकारमा सहभागी भएको माअ‍ोवादी केन्द्रलाई समेत सरकारमा ल्याउने छलफल भइरहेको छ । माओवादी सरकारमा आए विश्वासको मत पाउन सजिलो हुने कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश बम बताउँछन् । तर माओवादीले भने अहिलेसम्म सरकारमा जानेबारे मुख खोलेको छैन ।

    माओवादी केन्द्रका प्रदेशसभा सदस्य रमेश धामीले वर्तमान परिस्थिति र प्रदेशसभाको गरिमा र अस्तित्वलाई सम्मान गर्दै अगाडि बढ्ने तर तत्काल सरकारमा नजाने बताए । तर कांग्रेसले कसरी प्रदेश सरकार चलाउने भन्ने रणनीति बनाएको छ, त्यसको आधारमा आफूहरुले पाइला चाल्ने समेत धामीको भनाइ छ ।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १२:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij